हाम्रो नेपाल, प्यारो नेपाल
Welcome to my Blog
Tuesday, April 21, 2020
Sunday, April 12, 2020
Thursday, November 13, 2014
कर्णाली नदी
कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामकोहिमनदी बाट निस्केर मान सरोवर ताल नजीकै रहेको रकोस सरोवर (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन खोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै करन खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमाजुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडी बढ्छ।
दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम रसुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएकोभेरी नदी मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदीभारतमा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफु पनि दुई भागमा बाँडीएको छ। एक शाखालाईकौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमापश्चिम बंगाल राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको गंगा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।
साभार नेपाली विकिपीडियाबाट
Monday, November 10, 2014
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो Lyrics
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
हिमाल झै अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा कयौ प्रहार आए
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सारी छन साधु जो जो यहाँ जगतमा
सबको शरण बलियो जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
हिमाल झै अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा कयौ प्रहार आए
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सारी छन साधु जो जो यहाँ जगतमा
सबको शरण बलियो जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य
Sunday, November 9, 2014
Subscribe to:
Posts (Atom)