Monday, November 10, 2014

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो Lyrics

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य 

हिमाल झै अटल यो झुकेन यो कहिल्यै 
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो 
यो जन्मदै जगतमा कयौ प्रहार आए 
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो 
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य 

जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन 
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो 
गाई सारी छन साधु जो जो यहाँ जगतमा 
सबको शरण बलियो जङ्गी निशान हाम्रो 
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य                                         

No comments:

Post a Comment