Thursday, November 13, 2014

कर्णाली नदी


कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामकोहिमनदी बाट निस्केर मान सरोवर ताल नजीकै रहेको रकोस सरोवर (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगु जिल्लामा यो "करन खोला" अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै करन खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमाजुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडी बढ्छ।
दैलेख र अछामका अन्य सहायक नदी नालाहरूलाई साधमा लिँदै यो नदी दैलेख, अछाम रसुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ। जसले गर्दा पश्चिमबाट पूर्व तर्फ बग्दै गरेको यो नदी फेरी पश्चिम तिर फर्केर जान्छ। यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुदै डोटी जिल्लाको सिमानामा पुग्छ। त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ। त्यस पछि कर्णाली नदी फर्केर फेरी पूर्व तिर बग्न थाल्दछ। अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ। कैलाली र सुर्खेतको सिमानामा पर्ने "कुइने घाट" नामक स्थानमा आएर यो नदीमा सुर्खेत तिरबाट आएकोभेरी नदी मिसिन पुग्छ। त्यस पछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्ट्याउदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ। त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराइको मैदानमा प्रवेश गर्छ। अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरि सकेको हुन्छ। बर्दियामा आए पछि यो नदीमा बबै र सानी भेरी गरी दुइवटा नदीहरू मिसिएका छन्। त्यसका साथै यो नदीभारतमा प्रवेश गर्छ। यहाँ आएर यो नदी आफु पनि दुई भागमा बाँडीएको छ। एक शाखालाईकौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ। भारतमा यो नदिमा अन्य सहायक नदीहरू मिसिन्छन् जस्तै:- महाकाली नदी जसलाई भारतमा शारदा नदी भनिन्छ। कौरियाला घाट नामको नदी अयोध्याभएर बगेको छ। अयोध्यामा यो नदीलाई सर्यौँ नदीको नाम दिइएको छ। घागरा नदी बिहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ। त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ। अन्तमापश्चिम बंगाल राज्यको कोलकाटा शहर (जसको पुरानो नाम कलकत्ता हो) नजीकै रहेको गंगा सागर नामक स्थानमा यो नदी समुन्द्रमा मिलेको छ।
                                                                                           साभार नेपाली विकिपीडियाबाट

Monday, November 10, 2014

swayambhunath Kathmandu


रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो Lyrics

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य 

हिमाल झै अटल यो झुकेन यो कहिल्यै 
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो 
यो जन्मदै जगतमा कयौ प्रहार आए 
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो 
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य 

जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन 
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो 
गाई सारी छन साधु जो जो यहाँ जगतमा 
सबको शरण बलियो जङ्गी निशान हाम्रो 
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो 
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो 
रातो र चन्द्र सुर्य                                         

जनकपुरधाम

जनकपुरधाम राम र सीताको विवाह स्थल #Janakpur

Sunday, November 9, 2014

Deuti Bajai Tempal, Surkhet


Deuti Bahai is the most famous Hindu Temple in Surkhet, Birendranagar.


स्व. राजा बीरेन्द्रस्व. रानी ऐश्वर्य

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए। वीरेन्द्रको जन्म २००२ साल पुष १४ गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो। २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो।  जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।

POKHARA


Phewa LakePhewa Tal or Fewa Lake is a freshwater lake in Nepal located in the south of the Pokhara Valley that includes Pokhara city. 

The Taal Barahi Temple is situated on an island in the lake
For more: CLICK HERE.

नेपालको राष्ट्रिय गान


सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
        बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
         अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
Sayaű thűgā phūlkā hāmī, euṭai mālā nepālī
Sārwabhaum bhai phailiekā, Mechi-Mahākālī
Prakritikā kotī-kotī sampadāko ā̃chala,
bīrharūkā ragata le, swatantra ra aṭala
Gyānabhūmi, śhāntibhūmi Tarāī, pahād, himāla
Akhaṇḍa yo pyāro hāmro mātṛibhūmi Nepāla
Bahul jāti, bhāṣhā, dharma, sãnskṛti chan biśhāla
Agragāmī rāṣhṭra hāmro, jaya jaya Nepāla
रचनाकार- व्याकुल माइला 
 संगीतकार- अम्बर गुरुङ

Saturday, November 8, 2014

KATHMANDU


नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । यस सहरलाइ मन्दिर नै मन्दिरकाे (City of Temples) हरका नामले पनि चिनिन्छ ।
for more info about KATHMANDU click here

Friday, November 7, 2014

LUMBINI













LUMBINI(NEPAL) is place, where Lord BUDDHA was Born. लुम्बिनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलरूपन्देही जिल्लामा अवसथित गाउँ विकास समिति हो । लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । Lumbini was granted World Heritage status by UNESCO in 1997. #BUDDHA was Born in Nepal.

पशुपतिनाथको मन्दिर


पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ माबागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ।पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । 
पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लाग्ने गरेको छ । 

हाम्राे देश नेपाल

हिमालयकाे सेताे फेटा, पहाडकाे हरियाे भाेटा र तराइकाे पहेलाे कछाड फेरेर बसेकाे देश नेपाल हामी सबैकाे मुटुकाे टुक्रा काे ।