Friday, November 7, 2014

पशुपतिनाथको मन्दिर


पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ माबागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ।पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । 
पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लाग्ने गरेको छ । 

No comments:

Post a Comment